लमही-कोइलाबास सडक निर्माणको काम सम्पन्न

लमही-कोइलाबास सडक निर्माणको काम सम्पन्न

लमही चोकलाई जिरो प्वाइन्ट मानी कोइलाबासको नेपाल-भारत गेटसम्म नेपाल तर्फको सडक कालोपत्रे भैसकेको निर्माण कम्पनीले जनाएको छ।

७६ करोड रुपैयाँको लागतमा तीस महिनामा काम सम्पन्न गर्ने गरी सम्झौता भएपनि पहिलो छ महिना काम गर्न नपाएको कालिका कुमार जेभीले लामो समयसम्म गढवा बजार र लमहीको बजारको सडक क्षेत्रमा विवाद हुँदा काम गर्न समस्या परेको जनाएको छ।

त्यसो त यो सडकको चुरे पहाड क्षेत्रमा पनि काम गर्न त्यती सहज भने थिएन। कान्छो पहाड भएकाले सडक खन्दा माथिबाट माटो झर्ने समस्या लामै समयसम्म रह्यो। यसपटक लामो समय सम्म पानी परिरहेका कारण पनि काम गर्न अप्ठेरो भएको निर्माण कम्पनीले जनाएको छ।

अहिले कालोपत्रे गरिएको चुरे क्षेत्रमा बर्षाले बगाएको माटोले भरिएका नाली सफा गर्ने काम भैरहेको छ। निर्धारित समय अगाडी नै काम सम्पन्न गरि सडक हस्तान्तरण गर्ने योजना भएपनि पुरै समय काम गर्न नपाइएकाले केहि ढिलाइ भएको निर्माण कम्पनीका इञ्चार्ज राजेन्द्र श्रेष्ठले बताउनु भयो।

सडक निर्माण भएपछि अहिले गढवाबाट कोइलाबास २० मिनेटमै पुग्न सकिने भएको कोइलाबासका स्थानीयहरु बताउँछन। वर्षौंसम्म खण्डहर बनेको कोइलाबास बजार राम्रो सडक सञ्जालसँग जोडिएपछि पहिलेकै अबस्थामा फकर्ने सम्भावना बढेको स्थानीयको भनाइ छ।

कोइलाबास मात्र नभई यो हुलाकी सडकले गढवा बजारकै रुप पनि फेरिएको छ। चौडा सडक, अलग्गै फुटपाथ, सडकमा रेलिङ यी दृश्य अहिले गढवा बासीका लागि नौलो बनेको छ।

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Scroll to Top