आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु

आसियानका अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु

कम्बोडिया, २९ भदौ :

दक्षिण पूर्वी एसियाली देशहरुको सङ्गठन (आसियान) का अर्थमन्त्रीहरुको बैठक कम्बोडियामा सुरु भएको छ । कोरोना भाइरसको महामारीपछिको अर्थतन्त्रका बारेमा छलफल गर्न अर्थमन्त्रीहरुको बैठक आयोजना गरिएको हो ।

बुधबारबाट सुरु भएको आसियानका अर्थमन्त्रीहरुको बैठक ५४ औँ बैठक हो । बैठकमा अर्थतन्त्रका अन्य विविध आयामहरुका बारेमा पनि छलफल हुने जनाइएको छ ।
बैठकको उद्घाटन समारोहमा बैठक आयोजक कम्बोडियाका प्रधानमन्त्री सामडेच टेचो हुन सेनले सम्बोधन गर्नुभएको थियो । विश्व समूदायले अहिले विकास र अर्थतन्त्रका क्षेत्रमा नयाँ चुनौती र समस्याहरुको सामना गरिरहनु परेको उहाँले सो अवसरमा वताउनु भएको थियो ।

आसियानमा आवद्ध देशहरुले नयाँ चुनौती र समस्याहरुलाई समाधानका उपायहरु पहिचान गरी अन्य देशहरुलाई त्यसतर्फ डो¥याउनुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।त्यसैगरी कानुनको शासन, विश्वव्यापीकरण, वहुदेशीय सहकार्य, बहुदेशीय संरचना निर्माण तथा संचालन, व्यापार तथा लगानी, संरक्षणवादलगायतका विषयमा पनि छलफल गर्न उहाँले सुझाव दिनु भएको थियो ।

सम्मेलनको अध्यक्षता गर्नु भएका कम्बोडियाका अर्थमन्त्री पान सोरासाकले दिगो, समावेसी र उदारवादी अर्थतन्त्रको विकासका लागि काम गर्नुपर्नेमा जोड दिनु भएको थियो ।आसियानअन्तर्गत ब्रुनाई, कम्बोडिया, इन्डोनेसिया, लाओस, मलेसिया, म्यानमार, फिलिपिन्स, सिङ्गापुर, थाइल्याण्ड र भियतानम पर्दछन् ।

(रासस/सिन्ह्वा)

Comments

No comments yet. Why don’t you start the discussion?

Leave a Reply

Your email address will not be published. Required fields are marked *